३ लाख ४९ हजार नक्कली रुपैयाँसहित दुईजना पक्राउ

बकैया दर्पण संवाददाता
५ मंसिर २०८०, मंगलवार १८:२६


मकवानपुर – काठमाडौँबाट नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ

परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका-३ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-७ बस्ने ६८ वर्षीय गोकर्णबहादुर थापा रहेका छन् । उनीहरूको साथबाट ३ लाख ४९ हजार नक्कली रुपैयाँ बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौँतर्फ आउँदै गरेको ना. १ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गेरको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*