अखिल नेपाल खेलकुद महासंघ अन्तर पालिका फुटबल खेल स्थगित

बकैया दर्पण संवाददाता
२६ कार्तिक २०८०, आईतवार ०४:४९

बकैया २६ कार्तिक । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा संचालित अन्तर पालिका स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको हिजो भएको फाईनल खेल स्थगित भएको हो ।

सहिद स्मृति शान्ति वाटिका र अखिल नेपाल खेलकुद महासंघ बकैयाको संयुक्त आयोजनामा २०८०/०७/२१ गते देखि सञ्चालन भएको अन्तरपालिका स्तरिय नकआउट पुरुष फुटवल प्रतियोगिता २०८०/०७/२५ गते बागमति गाउँपालिकाको टिस र मनहरि गाउँपालिकाको टिम विच फाइनल खेल भएको हो ।

खेल हुँदै गर्दा गोल हान्ने क्रममा विवाद भइ समय अभावका कारण खेल खेलाउन नसकिएको कारण स्थगित गरेको हो।

सो स्थगित खेल आज कार्तिक २६ गते विहान ११:०० बजे निर्णयकको निर्णयअनुसार बराबरीमा खेलाउने गरि आयोजक कमिटिले निर्णय गरेका छन सो खेल खेल्न तोकिएको समयमा सहभागि भइ नियमानुसार खेल खेल्न आउन आयोजकले सुचना जारी गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*