कार्तिक १९ देखि बकैया-७ को वडा स्तरीय फुटबल सुरु हुने

बकैया दर्पण संवाददाता
१८ कार्तिक २०८०, शनिबार २१:५४

मकवानपुर । मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ को वडा स्तरिय  फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

वडाको खेलाडी छनोट अन्तर गत उक्त वाडा स्तरीय  फुटबल प्रतियोगिता बकैया-७ जनक माध्यमिक बिद्यालय भिरकोटमा  रहेको खेल मैदानमा यहि कार्तिक १९ गते देखि हुने बकैया गाउँपालिका वडा नं ७ का वाडा खेलकुद बिकास समितिका अध्यक्ष असोक लोप्चनले बकैया दर्पणलाई जनाकारी दिनु भएको हो ।

उक्त फुटबल प्रतियोगिता आगामी कार्तिक १९ आईतवार देखि  सन्चालन हुनेछ ।

खेलमा प्रथम हुने टिमलाई नगद रु ३०,००० (तिस हजार) साथै शिल्ड, मेडल प्रमाण पत्र,द्वितिय हुनेलाई  नगद रु २०,००० (बिस  हजार) साथै शिल्ड, मेडल र प्रमाण पत्रसाथै विधागत उत्कृष्ट खेलाडिलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*