जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुममा गरी ३६ जनाको ज्यान गएको पुष्टि

बकैया दर्पण संवाददाता
१८ कार्तिक २०८०, शनिबार ०६:०४

जाजरकोट ।जाजरकोटमा गएरातिकाे भूकम्पबाट ३४ जनाको ज्यान गएकोकाठमाण्डाै – जाजरकोटमा गएरातिकाे भूकम्पबाट ३४ जनाको ज्यान गएको पुष्टि भएको छ । ८ जना गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट अरु क्षतिको बारेमा विवरण संकलन भइरहेको उहाँले जानकारी दिनुभयो । जाजरकोटमा गएराति गएकाे ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

रातिको समय भएकाले यकिन विवरण संकलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुष्टि भएको छ । ८ जना गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट अरु क्षतिको बारेमा विवरण संकलन भइरहेको उहाँले जानकारी दिनुभयो । जाजरकोटमा गएराति गएकाे ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

रातिको समय भएकाले यकिन विवरण संकलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*