जनएकता क्लब द्वारा संचालित नकआउट फुटबल प्रतियोगिताको उपाधी हर्कटेनिलाई

बकैया दर्पण संवाददाता
६ कार्तिक २०८०, सोमबार १८:४२

बकैया ।जनएकता क्लब बकैया -५ कर्मचुलीको आयोजनामा संचालित खुल्ल नक आउट फुटबल प्रतियोगिताको फाईनल खेल आज सम्पन्न भएको छ ।
उक्त फाईनल खेल एफसी जुइना vs एफसी हर्कटेनी बिच


प्रतिस्पर्धा भएको हो ।खेल सोमबार बिहान १० बजे बाट सुरु भएको थियो ।

पहिलो हाफको खेलमा एफसी हर्कटेनीले १ गोलको अग्रतामा सकिएको थियो ।दिस्रो हाफको खेलमा भने एफसी जुइनाले एक गोल गर्दै खेल बराबरीमा ल्याएको थियो तर एफसि हर्कटेनीले दोस्रो चरणको मध्यतिर पुनह गोल गरि खेलमा १गोलले अग्रता लिदै खेलको अन्तिम तिर पुनह १ गोल गर्दै एफसी हर्कटेनिले एफसी जुईनालाई ३-१ गोलले पराजित गर्दै उपाधी एफसि हर्कटेनिले हात पारेको हो ।

प्रतियोगिताको बिजेता एफसी हर्कटेनिले नगत ३०हजार,ट्रफी,प्रमाण पत्र र मेडल हात पारेको छ भने उपबिजेता बनेका एफसी जुइनाले नगत १५ हजार,ट्रफी,मेडल र प्रमाण पत्रमै चित्त बुझाएको हो।
खेलको बेस्ट प्लेएर भने नगद ३हजार सहिद प्रदिप राण मगर बनेका हुन।

उक्त कार्यक्रममा सभा अध्यक्ष जनएकता क्लबका अध्यक्ष कृष्ण घतानिले गर्नु भएको थियो भने प्रमुख अतिथिमा बकैया गाउपालिका अध्यक्ष धर्मराज लामिछने बिशिस्ट अतिथिमा उपाध्यक्ष भक्त बहादुर खत्री वडा नम्बर ५ का अध्यक्ष लक्ष्मी जिम्बा वडा नम्बर ६ का अध्यक्ष फुल बहादुर भोम्जन,कार्यपालिका सदस्य लोकेन्द्र माझी लक्ष्मी माझी र वडा सदस्य लगाएतको आतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*