गाजास्थित अस्पताल आक्रमणको एमालेद्वारा निन्दा, आक्रमण रोक्न आह्वान

बकैया दर्पण संवाददाता
१ कार्तिक २०८०, बुधबार १४:४७

मकवानपुर । नेकपा एमालेले गतराति प्यालेस्टाइनको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रमणबाट अस्पतालमा उपचाररत विरामी, उपचार गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मी, विरामीका आफन्त र अस्पताल परिसरमा शरण लिएका ५०० भन्दा बढी व्यक्ति हताहत भएको खबरले स्तब्ध भएको बताएका छन्।

ओलीले भनेका छन्, ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौँ मानिस हताहत भएको विषय जाति निन्दा गरे पनि कम हुन्छ। हामी यस आक्रमणको निन्दा र भर्त्सना गर्दछौँ।’

एमाले शान्तिको पक्षमा रहेको उल्लेख गर्दै जुनसुकै द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्ने बताएका छन्।

‘उद्धार तथा आपत्‌कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ’ भन्ने मान्यता राख्ने बताएका छन्। सबैखाले आक्रमण रोक्न सम्बन्धित पक्षलाई आह्वान समेत गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*