हेटौंडाको हटियाबाट खाग मुद्दाका फरार दुई अभियुक्त पक्राउ

बकैया दर्पण संवाददाता
८ आश्विन २०८०, सोमबार ११:४८

मकवानपुर । गैंडाको खाग मुद्दाका दुई फरार अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौंडा–१६ हटिया बस्ने ५२ वर्षीय विष्णु कार्की र ४६ वर्षीय काले बानियाँ रहेका छन् ।

उनीहरूलाई हेटौंडा उपमहानगरपालिका–१६ हटियाबाट शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गैंडामारी खाग चोरी लगेको मुद्दामा फरार उनीहरूलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि कसरा सेक्टर चितवन राष्ट्रिय निकुञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका डीएसपी एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*