कोशीका सांसद हांगामको घरमा हंगामा ! इन्स्पेक्टरले पेस्तोल ‘कक’ गरेर मार्ने धम्की दिएको दाबी

बकैया दर्पण संवाददाता
२२ भाद्र २०८०, शुक्रबार १३:०८

मकवानपुर । जात्रामा भएको विवादपछि कोशी प्रदेशका सांसद खगेनसिंह हांगामको घरमा पुगेर प्रहरी टोलीले हुलहुज्जत गरेको छ ।

हांगामले ताप्लेजुङ घर गएका बेला राती १० बजे प्रहरी टोलीले पेस्तोल तेर्स्याएर ‘कक’ गरेको दाबी गरेका छन् । उनी ताप्लेजुङ १ (२ं) बाट नेपाली कांग्रेसबाट विजयी सांसद हुन् । नेपाली कांग्रेसका कार्यकर्तालाई रक्सी खाएका प्रहरीले कुटपिट गरेपछि दिउँसोदेखि नै प्रहरी र कांग्रेस कार्यकर्ताबीच भनाभन भएको उनले बताएका छन् ।

‘दिउँसो एक बहिनीलाई मापसे सेवन गरेर दुःख दिएको देखेपछि कांग्रेसका कार्यकर्ताहरू मिलेर त्यसो नगर्न भनेका थिए । यही विषयलाई लिएर प्रहरीले घरमै आएर मलाई आक्रमणको प्रयास भयो ।
काठमाडौंबाट आएका क्षेत्रीय उपसभापति पेमा लामालाई पनि कुटे । राति घरमा रहेको बेला डीएसपी राजन लिम्बूले टोली पठाएर मलाई मार्ने प्रयास गरे’, उनको आरोप छ ।

हांगामले थपे, ‘प्रहरीले नै सादा पोसाकका गुन्डा लगाएर मलाई मार्ने प्रयास भयो । ममाथि इन्स्पेक्टरले पेस्तोल तेर्स्याएर कक गरेका थिए ।’

सादा पोसाकमा ठूलो संख्यामा प्रहरी पठाएर घरमा घेरा हालेको हांगामले बताए । उनका अनुसार राति प्रहरीले लौरोसमेत उनको घरमा छाडेका छन् ।

प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले सांसद हांगाम र प्रहरीबीच सामान्य विवाद भएको बताए ।

‘प्रहरीले ९ बजेपछि जात्रा बन्द गर्न भनेको थियो । माननीयसहितको टोली बाटोमा बसेकाले सामान्य विवाद भएको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको छ’, बास्तोलाले भने । (नेपालप्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*