काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

बकैया दर्पण संवाददाता
२१ भाद्र २०८०, बिहीबार ११:०८

मकवानपुर । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान निधन भएको छ ।

भाइरल निमोनियाका कारण ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो । वडा नम्बर १६ बाट लगातार दुई वडाध्यक्ष बन्नु भएका रिजाल हक्की स्वभावका व्यक्ति हुनुहुन्थ्यो ।

रिजालको शव अहिले ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने नेपाली कांग्रेसले जनाएको छ ।

उहाँको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पनि बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*