चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु (नामावलीसहित)

मकवानपुर । बारामा भएको बस दुर्घटनामा परी मृत्यु र घाइतेको सनाखत भएको छ।
बिहीबार बिहान जितपुर सिमरा-२२ चुरियामाइ नजिकै काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस सडकको दायाँ साइडमा १५ मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा निम्न स्थान बस्ने निम्न मानिसहरुको मृत्यु भएको र घाइते उपचारको क्रममा रहेको, चालक र सह-चालक प्रहरी नियन्त्रणमा रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
यी हुन् मृत्यु भएका व्यक्तिहरू :
१. महोत्तरी लोहार पटी -५ बस्ने अन्दाजी वर्ष ४१ को विजय लाल पण्डित
२. ६७ वर्षीय बहादुर सिंह
३. ६० वर्षीया सत्यवती
४. ७० वर्षीय राजेन्द्र चतुरबेदी
५. ६५ वर्षीया श्रीकान्त चतुरबेदी
६. ६७ वर्षीया बैजन्ती देवी
७. ६५ वर्षीया मिरा देबी
यी हुन् घाइतेहरू :
१. हाल भारत राजस्थान बस्ने अ.४८ को घनश्याम चतुरबेदी ।
२. जिल्ला महोत्तरी जलेश्वर न.पा.बस्ने अ.वर्ष ३८ को बिहारी मुखीया ।
३. जिल्ला धनुषा मौवा गा.पा.१८ जनकपुर बस्ने अ.वर्ष ४१ को घुरन मण्डल ।
४. जिल्ला महोत्तरी लोहारपति न.पा.५ बस्ने अ.वर्ष २६ को जसबेन्दर पासवान ।
५. देश भारत राजस्थान बस्ने अ.वर्ष ५३ की माया देवी।
६. ऐ.ऐ.बस्ने अ.वर्ष ३५ को अनिल कुमार ।
७. ऐ.ऐ.बस्ने अ.वर्ष ५० को तारा वती चतुरबेदी ।
८. निजकै नातिनि अ.वर्ष ९ की क्रितिका चतुरबेदी ।
९. ऐ.ऐ.बस्ने अ.वर्ष ४८ को श्याम लाल माली ।
१०. ऐ.ऐ.बस्ने अ.वर्ष ४७ को हरवारी माली ।
११. ऐ.ऐ.बस्ने अ.वर्ष ७० की चौथी देबी ।
१२. ऐ.ऐ.बस्ने अ.वर्ष ७२ को सुरेस चन्द्र चक्रवती ।
१३. ऐ.ऐ.बस्ने अ.वर्ष ७३ को राम प्रसाद ।
१४. देश भारत राजस्थान बस्ने अ.वर्ष ६३ को धरम सिंह ।
१५. ऐ.ऐ.बस्ने अ.वर्ष ६० की ईन्दु धाकद ।
१६. ऐ.ऐ.बस्ने अ.वर्ष १६ की गर्बिदा चतुरबेदी ।
१७. ऐ.ऐ.बस्ने अ.वर्ष ५४ को राम कुमार चतुरबेदी ।