भदौ महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर

बकैया दर्पण संवाददाता
२ भाद्र २०८०, शनिबार १०:५८

मकवानपुर । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले बढाएका छन् । केही बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।

नयाँ ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १० दशमलव ८९ प्रतिशत देखिएको छ । कुमारी, ग्लोबल आईएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एसिया, सानिमा र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा यो दरमा ब्याज दिने भएका छन् । संस्थागततर्फ यी बैंकहरुले अधिकतममा ८ दशमलव ८९ प्रतिशतका दरले ब्याज दिने जनाएका छन् ।

एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशत तथा राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, सिद्धार्थ, हिमालयन, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । लक्ष्मी सनराइजले १० दशमलव ४० तथा नबिलले १० दशमलव ४९ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।

सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । यो बैंकले मुद्दती निक्षेपमा अधिकतममा ८ दशमलव ९२ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ९२ प्रतिशतका दरले ब्याज दिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*