हेटौंडाको एभोकाडो होटलमा जुवा खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

२ लाख ५४ हजार रुपैयाँ बरामद
बकैया दर्पण संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १३:०१

मकवानपुर ।  हेटौंडाको एभोकाडो होटलमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्नेहरुबाट २ लाख ५४ हजार ४ सय २० रुपैयाँ बरामद बरामद गरेको छ । जुवा खेल्दै गरेको भन्ने सुचनाका आधारमा प्रहरीले साँझ ६ बजे छापा मार्दा नगद सहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले जनपत्रलाई जानकारी दिनुभयो ।

हेटौडा उप महानगरपालिका वडा नम्बर– २ मा रहेको एभोकाडो होटलको कोठा नंम्बर २०८ मा अबैध जुवा खेली रहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटीई आज साँझ ५–४० बजेको समयमा जुवाडेहरुलाई पक्राउ गरिएको हो ।

होटलमा प्रहरी पुग्दा जुवा खेली खेलाई रहेको अवस्थामा हेटौडा उपमहानगरपालिका वडा नम्बर–१ बस्ने ४० वर्षिय बलराम बिश्वकर्मा, हेटौंडा वडा नम्बर–१२ बस्ने ३५ वर्षिय दिपक घले, चितवन भरतपुर महानगरपालिका वडा नम्बर–२ घर भई हाल हेटौडा उपमहानगरपालिक वडा नम्बर–४ बस्ने ४५ वर्षिय सुन्दर कुमार श्रेष्ठ, हेटौडा उप महानगरपलिका वडा नम्बर–५ बस्ने ३४ वर्षिय सहदेव लम्साल र हेटौंडा–४ बस्ने ४२ वर्षिय प्रकाश मानन्धरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट २ बुक सिल भएको तास, २ बुक खुल्ला तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन थान ७६ सहित बरामद गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*