हेटौंडाको रातोमाटेबाट लागुऔैषध सहित तीन जना पक्राउ

बकैया दर्पण संवाददाता
५ श्रावण २०८०, शुक्रबार १०:२२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टबाट लागुऔैषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया बस्ने वर्ष ३५ की गिता देवी नुनियाईन, भारत बिहार राज्य रक्सौल नुनियाडी बस्ने वर्ष २६ की पुनम देबी र हेटौंडा उपमहानगरपालिका वडा नं. ९ वस्ने वर्ष २७ को टेक वहादुर मगर रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग हुँदै वीरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको ना ५ ख ८६८८ नं को यात्रुवाहक माईक्रोमा सवार गिता र पुनमलाई खानतलासी गर्दा लागुऔषध डाईजेपाम ३५ एम्पुल, फेनारगन ६६ एम्पुल, नुफिन ३४ एम्पुल गरी १३५ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागुऔषधको बारेमा सोधपुछ गर्दा टेक वहादुरलाई दिन ल्याएको भनेर बयान दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध सहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*