वडाध्यक्षले कार्यालयभित्रै कुटे सेवाग्राही

बकैया दर्पण संवाददाता
४ श्रावण २०८०, बिहीबार १४:४३

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्यालले कार्यालयभित्र एक जना किशोरलाई हातपात गरेका छन् ।

उनले कार्यालयभित्र १७ वर्षीय प्रशान्त कार्कीलाई कुटपिट गरेका हुन्। कार्कीका कान्छी आमाले आफ्नी आमालाई कुटपिट गर्दा छेक्न आउने क्रममा वडाध्यक्षले कुटपिट गरेको स्थानीयले बताएका छन् ।

कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडाध्यक्षले उल्टै हातपात गरेका हुन् ।

वडा कार्यालय परिसरमा सईको नेतृत्वमा प्रहरी पठाएर उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*