बकैयामा मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि अध्यक्ष/उपाध्यक्ष आफै फिल्डमा

बकैया दर्पण संवाददाता
१ श्रावण २०८०, सोमबार २२:५९

बकैया गाउँपालिकालाइ लागुऔषध धुम्रपान तथा मध्यपान निशेधित क्षेत्र बनाउनकालागी बकैया गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष सहितको टोली बजार अनुगमनमा रहेका छन् ।

गाउँपालिका पालिकाले पुर्ब निर्धारित सुचना अनुसारै लागुऔषध धूम्रपान तथा मध्यपान मुक्त गाउँपालिका स्थापित गर्न लागिएको हो । आजबाट बकैया पुर्णरुपले लागूऔषध धुम्रपान तथा मध्यपान मुक्त बनाउने हेतुले पहिलो चरणको कार्य सुरु भएको  गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए ।

पहिलो चरणको कार्यक्रम अनुसार वडा नम्बर ३,४ र ५ मा गाउँपालिका अध्यक्ष धर्मराज लामिछने ,उपाध्यक्ष भक्तबहादुर खत्री र प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायत सुरक्षाकर्मीहरुसहितको उपस्थितिमा विभिन्न मदिरा स्टोर र होटलहरुमा अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा व्यावसायीहरुलाई अबको दिनबाट लागुऔषध, धूम्रपान तथा मध्यपान ओसारपसार तथा बिक्रीवितरण नगर्नुहुन गाउँपालिकाले अनुरोध गरेको छ ।

यदि कसैले सो अनुरोधलाई बेवास्ता गरे कानुन बमोजिम कारबाही हुने पालिकका प्रतिनिधिहरुले चेतावनी दिए ।

साथै पालिका भित्र सार्वजनिक पद धारण गरेका ब्याक्तीले कानुनको उलंघन गरे दोब्बर सजाय हुने समेत पालिका अध्यक्ष धर्मराज लामिछानेले दाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*