हेटौंडाबाट गाँजासहित एकजना पक्राउ

बकैया दर्पण संवाददाता
१ श्रावण २०८०, सोमबार ११:३१

मकवानपुर । मकवानपुर प्रहरीले एक सय किलो ६०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । गएराति हेटौंडा ४ कर्रा स्थित सडकमा विशेष सुचनाको आधारमा प्रहरीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त गाँजा सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पिकअपका चालक गोरखा पालुङटार नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय दुर्गा दर्जी रहेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान साढे २ बजेको समयमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा सो गाडीको पछाडीको भागमा खाली क्रेटहरुको मुनी बोराभित्र लुकाईछिपाई गरी राखेको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*