नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो

बकैया दर्पण संवाददाता
३१ असार २०८०, आईतवार १४:०२

मकवानपुर । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पढाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन् ।

आईओसीले प्रत्येक महिनाको १ तारिख र १६ तारिखमा नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ । प्रत्येक १६ तारिखमा पेट्रोल र डिजेलको मूल्यसूची पठाउँछ भने १ तारिखमा हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्यसूची पठाउने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*