भोलि पनि लक्ष्मी र सनराइज दुवै बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ नचल्ने

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार १७:३७

मकवानपुर । भोलि पनि लक्ष्मी बैंक लिमिटेडसनराइज बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ नचल्ने भएको छ । लक्ष्मी बैंकले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।

लक्ष्मी र सनराइज बैंक गाभिई असार २९ गतेदेखि संयुक्त रुपमा कारोबार सुरु गर्ने भएकाले डेटा मर्जरको काम गर्नुपर्ने हुँदा आज र भोली यी दुवै बैंकको मोबाइल र इन्टरनेट बैंकिङ नचल्ने सूचनामा उल्लेख छ ।

आज भोली डेटा माइग्रेसनको काम हुने भएकाले बैंकका सबै प्रणालीहरू बन्द रहनेछन् । यसले गर्दा डिजिटल सेवामा प्रभावित हुने बैंकले जनाएको छ ।

यो अवधिमा बैंकको क्रेडिट कार्ड बाहेकका सबै वित्तीय सेवा बन्द हुने बैंकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*