सवारी दुर्घटना हुँदा मकवानपुरमा थापाको मृत्यु

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १०:३७

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा सोमबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. प्र.०३–००३ प ८६५८ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको पोलमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा माटरसाइकल चालक रामेछापको रामेछाप नगरपालिका–८ घर भई हाल चितवनको खैरेनी नगरपालिका–८ बस्ने अन्दाजी ५० वर्षीय नरबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायप उपरीक्षक कार्कीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक थापाको शव हाल सोही अस्पतालको शव गृहमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यस्तै, सोमबार राति मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, चित्रेपानीस्थित भित्री सडकखण्डमा चित्रेपानीबाट शिखरपानीतर्फ आउँदै गरेको ना.४५प ११३५ न.को मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी २३ वर्षीय सुजन लामा र पछाडी सवार सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय अमृत पाख्रिन रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

घाइते दुबै जनाको अवस्थमा मध्यम रहेको र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*