कोशीमा मुख्यमन्त्री थापाले लिए शपथ

सुनुवार र जवेगु बने मन्त्री
बकैया दर्पण संवाददाता
२२ असार २०८०, शुक्रबार १०:३१

मकवानपुर ।  नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त हुनुभएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

बिहीबार साँझ मुख्यमन्त्री नियुक्त हुनुभएको थापाले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङसँग शपथ लिनुभएको हो ।

प्रदेश प्रमुख खापुङ्ले उहाँलाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा ९एकिकृत समाजवादी०का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए।

थापाले तीन शुक्रबार नै सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि शुक्रबार नै शपथ ग्रहण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*