कृषि तथा तरकारी बजार संचालन, हेटौंडा–४

बकैया दर्पण संवाददाता
१९ असार २०८०, मंगलवार १५:५६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्वर ४ स्थित नयाँ कृषि तथा तरकारी बजार संचालनमा आएको छ । उक्त कृषि तथा तरकारी बजार सोमबारबाट संचालनमा आएको हो ।

त्रिवेणी भेजिटेबल मार्ट प्रालिद्वारा सचालनमा ल्याइएको सो कृषि तथा तरकारी बजार हेटौंडा उपमहानगरपलिकाका प्रमुख मीनाकुमारी लामाले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

त्रिवेणी भेजिटेबल मार्टका अध्यक्ष भुजेल, सचिव राजीव गोले, कोषाध्यक्ष अजय स्याङ्तान, सदस्यहरु सुरज गोङ्बा लामा र प्रिन्स लामा मिलेर ३ करोड रुपैयाँ बराबरको लगानीमा संचालमा ल्याइएको हो ।

सो बजारमा ९० वटा तरकारीको स्टल, ३० वटा गेडागुडी तथा खाद्यान्नको स्टल, २० वटा फलफूलको स्टल, ५ वटा मासुको र ५ वटा खाजाको स्टल रहेको मार्टका सचिव गोलेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*