बकैयामा श्रावण १ गते देखि लागुपदार्थको ओसार पसार, विक्री वितरण तथा प्रयोग निषेध

बकैया दर्पण संवाददाता
१७ असार २०८०, आईतवार २१:०३

मकवानपुर । बकैया गाउँपालिकामा बढ्दो लागु औषधको प्रयोगलाई ध्यानमा राखि गाँउपालिकालाई लागुपदार्थ मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न गाउँ कार्यपालिकाको निर्णय अनुसार कानुनद्धारा निषेधित र नियन्त्रित लागुपदार्थहरु जस्तो गाँजा, चरेस, अफिम, भाङ, सुईद्वारा प्रयोग गरिने लागुपदार्थ, ट्यावलेटको माध्यमबाट प्रयोग गरिने लागुपदार्थ पाउडरको माध्यमवाट प्रयोग गरिने लागुपदार्थ, मंदिराजन्य लागुपदार्थ (जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार लगायत) र सुर्तीजन्य लागुपदार्थहरु मिती २०८० श्रावण १ गतेबाट वकैया गाउँपालिकाको क्षेत्रभित्र ओसार-पसार, विक्री वितरण तथा प्रयोग गर्न पूर्णरुपमा निषेध गरिएको सुचना प्रकाशित गरेको छ।

यो सूचनाको वेवास्ता गरी माथि उल्लेख भए अनुसारको लागुपदार्थको प्रयोग भएको पाईएमा उल्लेखित सामाग्रीहरु जफत गरी कानुन वमोजिम कार्वाही हुने व्यहोरा समेत सम्पुर्णमा जानकारी गराइन्छ । साथै वकैया गाउँपालिका भित्र सार्वजनिक पद धारण गरेका व्यक्तीहरु ( जनप्रतिनिधी र कर्मचारी तथा शिक्षक लगायत ) ले यो सूचनाको वेवास्ता गरी लागुपदार्थको प्रयोग गरेको पाईएमा दोव्वर सजाय हुने व्यहोरा समेत बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछनेले  बताउनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*