बकैया वडा नं ०७ को वडा भेला सम्पन्न

बकैया दर्पण संवाददाता
१७ असार २०८०, आईतवार १७:३४

मकवानपुर । बकैया गाउँपालिका वडा नम्बर ७ को वडा भेला कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष मानबहादुर सिङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका सदस्य सावित्री सोराईलीको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा वडामा रहेका आ. व. २०७९/०८०को समिक्षा योजना प्रस्तुत वडा सदस्य रामकुमार तितुङले  गरेपछि वडा अध्यक्ष मान बहादुर सिङ्तान ज्य बाट अ.ब. २०७९/०८०मा प्रदेश बाट ४० ओटा योजाना गरि जनताको केही समसयाको समाधान भएको बताउनु हिदै  केही दिनपछि बजेटको सिलिङ आउने र आगामी बर्ष योजनाहरु समुदाय तथा बस्तीबाट आएका योजनालाई प्राथमिकता दिने बताउनुभयो ।

गाउँपालिकाको सिलिङ बजेड बाहेक पनि करिब ८ करोड बराबरको कार्य केही सम्पन्न र केही हुँदै गरेको अध्यक्ष  सिङतान वडा भेलाम कार्यक्रममा बताउनु भयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,विभिन्न बिद्यालयका प्रधानाध्यापक साथै विभिन्न संघ सस्थाका पदाधिकारीहरुको उपस्थित भएको थियो ।

कार्यक्रम सञ्चालन वडा सहसचीव गंगा फुयाँल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*