उच्च अंकको गिरावट शेयर बजारमा

बकैया दर्पण संवाददाता
१७ असार २०८०, आईतवार १६:१८

मकवानपुर। आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७ दशमलव २९ को विन्दुमा कायम भएको छ ।

यस्तै, आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको एक करोड १३ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ८ करोड १९ लाख ७६ हजारको कारोबार भएको छ ।

शेयर बजारमा गिरावट आएसँगै १३ वटै उपसूचकहरुमा राताम्य भएको छ । आज सर्वाधिक माइक्रोफाइनान्स उपसूचक ४ दशमलव ७५ प्रतिशतले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*