बकैयामा हैसियत बिग्रेको वनलाई यसरी गरिदै छ पुनरुत्पादन प्रबर्द्धन तथा संरक्षण

बकैया दर्पण संवाददाता
१६ असार २०८०, शनिबार १८:४३


मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वकैया–७ मा रहेको हात्तिचरण सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा हैसियत बिग्रेको क्षेत्रमा वन पुनरुत्पादन प्रबर्द्धन तथा संरक्षण सामुदायिक वनलाइ सबै मिलेर गरेको छ ।


यस वन क्षेत्रको सबै झाडी फडानी गरिएको छ । ट्याक्टर लगाएर फाडीएको झाडीमा जोतिएको छ । करीब  ३ हेक्टर क्षेत्रफलको यस क्षेत्रमा पहिलेको तुलनामा निकै फरक देखिने बनाइएको वनका अध्यक्ष पोष बहादुर घिमिरे(राजन) बताउनुहुन्छ ।

बकैया गाउँपालिका वडा नम्बर–०७ मा रहेको हात्तिचरन सामुदायिक वन उपभोक्ता समुहमा पहिले हैसियत बिग्रेको सामुदायिक वनलाई सबै मिलेर अब सधैका लागि हरियाली र सुन्दर बनाउने योजनाका साथ यहाँका उपभोक्ताहरु खटिएका थिए ।

सामुदायिक वनका अध्यक्ष पोष बहादुर घिमिरे ज्युको नेतृत्वमा बिग्रेको वन क्षेत्रलाई अहिले सुधार गर्ने प्रयास गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*