इन्डियन प्रिमियर लिग क्रिकेटमा लगातार ५ छक्का प्रहार गर्दै रिंकू सिंहले काेलकातालाई जिताए

बकैया दर्पण संवाददाता
२६ चैत्र २०७९, आईतवार २०:१४

मकवानपुर  । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले गुजरात टाइटान्समाथि ३ विकेटकाे राेमाञ्चक जित निकालेकाे छ ।

गुजरातले दिएकाे २ सय ५ रनकाे लक्ष्य काेलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेटायाे । काेलकाताका लागि वेङ्कटेश अयरले ८३ र रिंकू सिंहले नटआउट ४८ रन बनाए । अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएकाेमा रिंकू सिंहले लगातार ५ छक्का प्रहार गर्दै टाेलीलाई जिताए । गुजरातका राशिद खानले ह्याट्रिकसहित ३ विकेट लिए ।

यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेकाे गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाए । गुजरातका लागि विजय शङ्करले नटआउट ६३ र साई सुदर्शनले ५३ रन बनाए । काेलकाताका सुनिल नरायनले ३ विकेट लिए ।

याे जितसँगै काेलकाता ३ खेलमा ४ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । गुजरात उति नै खेलमा नेट रनरेटकाे आधारमा चाैथाे स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*