ऋषि पञ्चमी आज मनाइँदै

बकैया दर्पण संवाददाता
१६ भाद्र २०७९, बिहीबार १२:०२

मकवानपुर । आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् ।

काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*