हरितालिका तिज : पशुपतिनाथमा व्रतालुकाे भिड(तस्बिरहरू)

बकैया दर्पण संवाददाता
१४ भाद्र २०७९, मंगलवार १४:१८

मकवानपुर । आज हरितालिका तिज । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

आज काठमाण्डौको पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा व्रतालु महिलाहरूको भिड लागेको छ । पशुपतिनाथको पूजा, आराधनाका लागि पशुपतिनाथमा पनि भक्तालु एवम् व्रतालु महिलाको घुइँचो लागेको छ । भगवान् शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा आज पशुपतिनाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरू दर्शनका लागि लाइनमा बसेका छन् । मन्दिर आसपास महिलाहरू नाचगान गर्दै रमाइलो गरिरहेका देख्न सकिन्छ ।

अन्य वर्षको भन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरू बताउँछन् । अन्य समय दर्शनका लागि घण्टौ कुर्नुपर्ने समस्या भएको तर यस पटक भने १५र२० मिनेटमै दर्शन गर्न सकिएको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन् ।

मकवानपुरका पनि बिभिन्न शिवालयहरुमा पनि आज दर्शनार्थीहरुको भीड लागेको छ । हेटौँडाका पशुपति मन्दिर, भुटनदेवि मन्दिर, त्रिखण्डी मन्दिरलगायतका मन्दिरहरुमा अहिले पनि दर्शनार्थीहरुको घुइँचो लागिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*