हरितालिका तीज सुरू

आज पहिलो दिन : दर खाने
बकैया दर्पण संवाददाता
१३ भाद्र २०७९, सोमबार १०:०२

मकवानपुर । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ ।

पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा-मिठा परिकार बनाएर दर खाने गरिन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ । महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् ।

पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक-भडक मौलाउँदै गएको छ । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् । तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*