ओमानबाट आयात गरेको रासायनिक मल वीरगञ्ज आयो

बकैया दर्पण संवाददाता
२६ श्रावण २०७९, बिहीबार ११:१२

मकवानपुर । कृषि सामग्री कम्पनी लिमिटेडले पर्साका विभिन्न ग्रामीण क्षेत्रमा रासायनिक मल पठाउन थालेको छ । ओमानबाट ल्याइएको पाँच हजार मेट्रिक टन मल वीरगञ्ज पुगेपछि किसानलाई वितरणका लागि पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ ।

पर्सास्थित कृषि सामग्री कम्पनीले १२ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदैछ । सो कार्यालयले मधेस प्रदेशसहित काठमाडौं, काभ्रे, चितवन, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ । सरकारले ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेजलाई दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*