जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

बकैया दर्पण संवाददाता
२६ श्रावण २०७९, बिहीबार १०:४६

मकवानपुर । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ ।

समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ । शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने समितिको भनाइ छ । शुक्रबार बिहान ७ बजेर २५ मिनेटमा पूर्णिमा तिथि सकिने भएपनि रक्षाबन्धन तथा जनै धारण गर्न मिल्ने पनि समितिले जनाएको छ ।

नेवार समूदायले जनै पूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदाको दिन वर्षभरी दिवंगत भएका आफन्तहरुको सम्झनामा गाईजात्रा निकाल्ने गर्दछन् । यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले स्मरण गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*