अपाङ्गता सङ्गठन नेपालको शिक्षा,बिज्ञान तथा प्रबिधि प्रमुखमा बजगाँई

बकैया दर्पण संवाददाता
१८ श्रावण २०७९, बुधबार ११:०४

अपाङ्गता सङ्गठन नेपालको भर्चुल बैठकले अपाङ्गता सङ्गठन नेपालको शिक्षा, बिज्ञान तथा प्रबिधि प्रमुखमा धन प्रसाद बजगाँईलााई चयन गरेको छ । सङ्गठनको केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश ईन्चार्ज समेत रहेका बजगाँईलाई शिक्षा, बिज्ञान तथा प्रबिधि प्रमुखको जिम्मेवारी दिएको हो ।

पुर्ब सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रबक्ता कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता र अपाङ्गता सङ्गठन नेपालका अध्यक्ष टिकाराम पराजुलीको अध्यक्षतामा बसेको बैठकले सङ्गठनको १० वटा बिभाग प्रमुखको चयन गरेको हो । नेकपा माओवादी केन्द्र निकट रहेको अपाङ्गता सङ्गठन नेपालले साँत वटै प्रदेशको रिपोर्टिङ्गको लागि सङ्गठनका पदाधिकारीहरुलाई जिम्मेवारी प्रदान गरेको अपाङ्गता सङ्गठन नेपालले जनाएको छ ।

सङ्गठनले सङ्गठन बिभाग प्रमुखमा ओम पुन (श्रमिक) ,आर्थिक बिभाग प्रमुखमा रमेश तिबारी, श्रम तथा रोजगार बिभाग प्रमुखमा यम बहादुर सुबेदी, कानुन बिभाग प्रमुखमा तेज कुमार तिबारी, शिक्षा, बिज्ञान तथा प्रबिधि प्रमुखमा धन प्रसाद बजगाँई, स्वास्थ्य तथा जनसङ्ख्या बिभाग प्रमुखमा भवानी ऐर, बिद्यार्थी बिभाग प्रमुखमा सुजन पराजुली, युवा तथा खेलकुद बिभाग प्रमुखमा प्रताब राउत र नीति तथा संघ संस्था बिभाग प्रमुखमा राम कार्की (बिमल)लाई चयन गरेको अपाङ्गता सङ्गठन नेपालको अध्यक्ष टिकाराम पराजुलीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*