बागमतीमा माओवादी निकट कर्मचारीको मात्रै करार सम्झौता नविकरण, नेकपा एमाले र नेपाली कांग्रेस निकटको नविकरण भएन

बकैया दर्पण संवाददाता
३ श्रावण २०७९, मंगलवार १०:३७

मकवानपुर । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आफ्नो र आफु निकट कर्मचारीको मात्रै करार सम्झौता नविकरण गरेको छ । नेकपा माओवादीको तर्फबाट अध्यक्ष पदमा विजयी भएका सर्केश घलानले पार्टी निकट कर्मचारीको मात्रै करार सम्झौता गर्नुभएको हो ।

गाउँपालिकाले असार ३१ गते शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकामा कार्यरत करार सम्झौताका कर्मचारीहरु मध्ये अधिकाशं कर्मचारीको करार सम्झौता नविकरण गरेको र केहीको नगरेको गरेको हो । करार सम्झौता नविकरण भएकोहरुमा माओवादी निकट कर्मचारी मात्रै रहेका छन् । करार सम्झौता नविकरण नभएका कर्मचारीहरुमा नेकपा एमाले र नेपाली कांग्रेस निकट रहेको बुझिएको छ । ७६ जना करारका कर्मचारी रहेकोमा ५९ जनाको मात्रै सम्झौता नविकरण गरिएको छ भने १७ जना कर्मचारीको नविकरण गरिएको छैन ।


यसैबीच, गाउँपालिकाको कृषि शाखा प्रमुख अशोक ग्यालनसहित करार सम्झौता थप नभएका १७ जना कर्मचारीहरुले सोमबार गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र समेत बुझाउनुभएको छ ।
उहाँहरुले करार सम्झौता नविकरणको विषयमा ध्यानाकर्षण पत्र बुझाउँदै उक्त निर्णय पुनः विचार गर्दै समस्याको समाधान गर्नको लागि अनुरोध समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*