आजदेखि जिल्लाका बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै

बकैया दर्पण संवाददाता
२ श्रावण २०७९, सोमबार ११:३९

मकवानपुर । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।

बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ । आजबाट काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा, मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर डडेलधुरा जिल्लाका बालबालिकालाई दोस्रो मात्राको खोप लगाइने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*