विद्यार्थीमाथि यौन दूव्र्यवहार गरेको अभियोगमा वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

बकैया दर्पण संवाददाता
२७ असार २०७९, सोमबार १३:२२

मकवानपुर । राष्ट्रपति रनिङशिल्ड खेल्न हेटौंडा आएका विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा लागेका कैलाश गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुवन सिं घलानविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सोमबार जिल्ला अदालत मकवानपुरबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिनुहुदै पक्राउका लागि प्रहरी परिचालन गरेको बताउनुभएको छ ।
राष्ट्रपति रनिङशिल्ड विद्यालय खेलकुदको जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन हेटौंडा आएको मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविका विद्यार्थीमाथि असार १८ गते वडा अध्यक्षले विद्यार्थी बसेको होटलमै पुगेर यौन दुव्र्यवहार गरेको पीडितको आरोप छ । वडा अध्यक्ष घलानले यौन दुव्र्यवहार गरेको भन्दै पीडित विद्यार्थीले शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएको हो ।
यसअघि, नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षलाई यौन दुर्व्यवहारको आरोप लगाएर फसाउन खोजिएको आरोप लगाएको थियो । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले यौन दुर्व्यवहारको विषयमा सत्यतथ्य छानबिन गर्न माग समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*