कांग्रेसका सहमहामन्त्री यादवको आइसियुमा राखेर उपचार हुँदै

बकैया दर्पण संवाददाता
२१ भाद्र २०८०, बिहीबार ०७:१०

मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो ।

कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार काठमाडौंको भृकुटीमण्डपमा सांघातिक हमला भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबहादुर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरि आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालका अनुसार विज्ञप्ति मार्फत भनिएको छ ‘टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ । उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जरीरओर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरुद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ । तत्पश्चात् हेर्नका लागि ट्रमा सेन्टरको आईसीयूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको जानकारी गराइन्छ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*