भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार १३:३३

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मोदीले दाहालको निधन भएको खबरले मर्माहत भएको बताएका छन् ।

नेपाली भाषामा ट्विट गर्दै मोदीले लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति ।’

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत रहेकी दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*