महानगर अगाडि मेयर बालेन साहविरुद्ध बिरोध प्रदर्शन

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार १३:०३

मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ ।

‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेनविरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको प्रदर्शनकारी सयल श्रेष्ठले बताउनुभयो । उहाँले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुव्र्यवहार गनेको बताउनुभयो । उहाँले संविधानले बाच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हर्नन गरेको आरोप मेयर बलेनलाई लगाउनु भयो ।

सयलले मेयर तथा महानगरविरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको बताउनुभयो । उहाँले महानगरपालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको बताउनुभयो। उहाँले महानगरले जसरी अमानविय रुपमा साना व्यापारीहरुलाई गरेको व्यवहार राख्नुपर्ने बताउनुभयो ।

सयलले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उहाँलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताउनुभयो । त्यस्तै,अर्को प्रदर्शनमा सहभागि सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर बालेनले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताउनुभयो । उहाँले मेयर बालेनले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले बिरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको बताउनुभयो ।

त्यस्तै,बिरोध प्रदर्शनमा सहभागि युजनराज भण्डारीले साना ठेलागाँडा ब्यापारीहरु माथि महानगरले गरेको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको बताउनुभयो । उहाँले फुटपाथका गेलागाढा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर बालेनले निर्वाचनको बेला भन्ने गरेपनि अहिले अमानवीय व्यवहार गर्ने काम गर्नुभएको आरोप लगाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*