एसइईको नतिजा सार्वजनिक गर्ने अनुमति १९ संस्थाले पाए

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १६:४९

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्नको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा सार्वजनिक गर्न अनुमति दिएको हो । ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा सार्वजनिक गराउने भएका हुन् ।

त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ ।

यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैङ्क, इडियु संजाल, कान्तिपुर पब्लिकेशन्स्, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था–फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका ५ वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् ।

बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रवार भित्रमा नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*