बागमती प्रदेश सभा बैठक आज पनि बस्दै

विनियोजित बजेट छलफल हुने
बकैया दर्पण संवाददाता
१९ असार २०८०, मंगलवार १३:४४

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो ।

बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथि छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

गत असार १ गते प्रदेश सरकारको तर्फबाट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले मन्त्री लामाले आगामी आवको लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।

जसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उक्त बजेटमाथि सोमबारबाट छलफल प्रारम्भ भएको हो । यसअघि उक्त बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपा र नेमकिपाका सांसदहरुले असन्तुष्टि जनाउँदै पटक–पटक अवरुद्ध गर्दै आएको थियो ।

सोमबार भने सरकार पक्ष र प्रतिपक्ष दलबीच विनियोजित बजेटमाथि विभिन्न मागहरु संशोधन गर्ने सहमति भएपछि उक्त विनियोजित बजेटमाथि छलफल सुरु भएको हो । सोमबार आर्थिक मामिला तथा योजनामन्त्री लामा, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेमकिपाकी संसाद सृजना सैजूले बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*