जङ्गली च्याउ खाँदा बागमती गा.पा. का ५ जना बिरामी

बकैया दर्पण संवाददाता
१९ असार २०८०, मंगलवार १३:३२

मकवानपुर । मकवानपुरमा जंगली च्याउँको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ७ का एकै परिवारका ५ जना बिरामी भएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

उनका अनुसार, बिरामी हुनेहरुमा ४५ वर्षीय रेशम बिक, २५ वर्षीय पदम बिक, २३ वर्षीय मदन बिक, १८ वर्षीय सपना बिक र ३० वर्षीय पर्बित बिक रहेका छन् ।

उनीहरुलाई फापरबारी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि हेटौंडा अस्पतालमा ल्याइएको छ । पाँचै जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*