थप दुई जना पक्राउ ललिता निवास प्रकरणमा

बकैया दर्पण संवाददाता
१८ असार २०८०, सोमबार १६:०४

मकवानपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।

ब्युरोका अनुसार, पक्राउ पर्नेहरुमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका छन् । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए ।

ब्युरोले यसअघि आइतबार पनि उक्त प्रकरण संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । यससँगै ललिता निवास प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*