सडक दुर्घटनामा बाबुको मृत्यु, छोरी घाइते

बकैया दर्पण संवाददाता
१७ असार २०८०, आईतवार १६:४२

मकवानपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बा. ९३ प ५८८१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परेर स्कुटरमा सवारी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी घाइते भएकी छन् । उनी उपचारपछि गएराति नै घर फर्किसकेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*