महिला कामदारको अध्ययन प्रतिवेदन, नेपालमा सार्वजनिक

बकैया दर्पण संवाददाता
१७ असार २०८०, आईतवार १२:२५

मकवानपुर । नेपालमा घरेलु तथा अवैतनिक महिला कामदारले भौग्दै आएका समस्या, उनीहरुले पाउने पारिश्रमिक एवम् परिवार तथा समाजमा उनीहरुले गरेका कामबारे भएको मूल्यांकनको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेशन सार्वजनिक भएको छ ।

अक्सफार्म नेपालको सहयोगमा युवालय नामक गैरसरकारी संस्थाले गरिएको अध्ययन प्रतिवेशन शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।

उक्त अध्ययनका लागि युवालयले चार प्रदेशका १३ जिल्लालाई आधार बनाएको जनाएको छ । जसमा शहरी क्षेत्र रहेको काठमाडौंदेखि मधेशका जिल्लाहरु, सुदूरपश्चिमका तराई तथा पहाडी इलाकाहरु तथा लुम्बिनी तथा कर्णाली प्रदेशका केही जिल्लाहरु समेत समेटिएका छन् ।

सो अध्ययनका लागि २५ देखि ४० वर्ष उमेर समूहका कुल २०८ जना महिलाहरुसँग प्रत्यक्ष संवाद गरिएको थियो । जसमध्ये १०६ जना वैतनिक घरेलु कामदार रहेका थिए भने बाँकी १०२ जना अवैतनिक कामदार रहेको कार्यक्रम संयोजक विष्णु बहादुर खत्रीले जानकारी दिए ।
वैतनिक कामदार तर्फ २२ प्रतिशतले कार्यस्थलमा शारिरीक तथा मानसिक हिंसाको अनुभव गर्नुपरेको बताएका छन् ।

त्यस्तै, यसरी काम गर्ने अधिकांशको तलब मासिक ३ देखि ४ हजार रुपैयाँ मात्रै रहेको देखिएको छ । पारिश्रमिक कम भएकै कारण ३० प्रतिशतले जीविकोपार्जनको लागि एकभन्दा बढी घरमा काम गर्नुपर्ने अवस्था रहेको बताएका थिए । १४ प्रतिशतले भने दुईभन्दा बढी घरमा काम गर्ने उल्लेख गरेका थिए ।

त्यस्तै, अध्ययनले अवैतनिक रुपमा काम गर्ने घरेलु महिला श्रमिकको बारेमा समेत सर्भेक्षण गरेको थियो । १०२ जनामा गरिएको उक्त सर्भेक्षणमा ३४ जना फुर्सदको समयमा अन्य कार्यमा संलग्न रहेको पाइयो । त्यसमध्ये २६ जनाले घरमै केही सामाग्रीहरु उत्पादन गर्ने गरेको बताए भने बाँकीमध्ये केही मात्रै अफिस गएर काम गर्ने बताए । तर, घरमै बसेर गरिएका उत्पादनले बजार पाएको वा नपाएको भन्ने बारे प्रष्ट नभएको अध्ययनमा उल्लेख गरिएको छ ।

 

उक्त कार्यक्रममा सरकारका प्रतिनिधि, ट्रेड युनियन क्षेत्रमा आवद्ध महिला श्रमिकका तथा अन्य सरोकारवाला प्रतिवेदनउपर सुझाव प्रस्तुत गरेका थिए । समूहगत छलफलपछि आएका निष्कर्षलाई समेटेर उक्त प्रतिवेदनलाई केही समयमै अन्तिम रिपोर्ट सार्वजनिक गर्ने संस्थाका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*