गुणस्तर कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा

बकैया दर्पण संवाददाता
१६ जेष्ठ २०८०, मंगलवार १९:४५

मकवानपुर । गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे चार करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशीभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मङ्गलवार विशेष अदालतमा साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा चार करोड ४७ लाख ३४ हजार रुपैयाँ बिगो र त्यति नै जरिबाना तथा कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

सार्वजनिक पदमा रहँदा यादवले पदकाे दुरुपयाेग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*