ताप्लेजुङमा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०८०, शनिबार १६:१५

मकवानपुर । ताप्लेजुङकाे फुङलिङ नगरपालिका-८ मा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।

शनिवार आज बिहान भएको आगलागीबाट वडा नं. ८ का पूर्व वडाध्यक्ष पदमसुन्दर पालुङ्वाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक कुशराम कार्कीले आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएको बताउनुभयो । आगलागीकाे घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*