आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सवको आयोजना

बकैया दर्पण संवाददाता
२ बैशाख २०८०, शनिबार ०९:४९

मकवानपुर । राष्ट्रियताको महत्त्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’ को आयोजना गरिएको छ । विभिन्न सङ्घ÷संस्थाको आयोजनामा आठौँँ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले दिउँसो ४ बजेर ४९ मिनेटदेखि ५ बजेर ३० मिनेटसम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।

अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्त्व दर्शाउने उद्देश्यले आज देशका २४ वटा जिल्लामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’ को आयोजना गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*