सर्वोच्चमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०७९, आईतवार १८:३९

मकवानपुर । सर्वाेच्च अदालतलले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आज आइतवार बहस नसकिएपछि लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

यस मुद्दामाथि भाेलि साेमवार बहस हुने भएको छ । आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको हो । बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाण्डाैले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले विदेश जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

त्यसका विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । त्यस्तै लामिछानेले पनि विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए । सर्वोच्चले दुवै निवेदनलाई एउटै ठाउँमा राखेर सुनुवाइ तोकेको थियो । सोमवार पनि न्यायाधीशद्वय मल्ल र चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*