पोखरामा अर्को आत्मदाह प्रयास, बचाउन पुगेकी महिला घाइते

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार १४:१६

मकवानपुर । काठमाडौंमा भएको आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान घरभित्रै आफ्नो शरीरमा आगो लगाएका हुन् । वडाध्यक्ष किरण बरालका अनुसार युवकको शरीरमा आगो जलिरहेको देखेर बचाउन गएकी घरबेटी पनि सोही आगोमा परेर घाइते भएकी छिन् । उनले ती पुरुषलाई बचाउने प्रयास गरेकी थिइन् ।

उनीहरू दुवैको अवस्था सामान्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नै उपचार भइरहेको पनि वडाध्यक्ष बरालले बताए । उनीहरूको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*