लक्षित जनसङ्ख्याको झण्डै सबैले पाए कोरोनाविरुद्धको खोपको एक मात्रा

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार १०:३७

मकवानपुर । सरकारले लक्षित जनसङ्ख्याको झण्डै सबैलाई कोरोनाविरुद्धको खोपको एक मात्रा लगाएको छ । सरकारले २ करोड ३३ लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा हालसम्म ९९ दशमलव ५ प्रतिशतलाई पहिलो मात्रा खोप दिएको बताएको हो । यस्तै ९५ दशमलव ७ प्रतिशतले भने दोस्रो मात्रा पनि लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ५ करोड ३५ लाख मात्रा खोप लगाइएकोमा २ करोड ३२ लाखले पहिलो मात्रा, २ करोड २३ लाखले पूर्ण मात्रा र ७ लाख ९७ हजारले बुस्टर अर्थात अतिरिक्त मात्रा लगाएका छन् । सीआईएनसँग कुरा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सन्जयकुुमार ठाकुुरले लक्षित वर्गलाई खोप लगाइसकिएकाले अब बुस्टर मात्रा लगाउन पनि सबैसँग आग्रह गर्नुभयो ।

सरकारले गत वर्षको चैत महिनामै लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य राखेको भएपनि झण्डै एक वर्षपछि मात्रै पूूरा भएको हो । खोप लगाएका व्यक्तिहरुमा सङ्क्रमण भइहालेपनि कम गाह्रो भएको विभिन्न अध्ययनले पुष्टि गरेको छ । हाल नेपालमा कोरोनाका १५ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा ३ सय ३३ नमुना परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*